नुवाकोटको बट्टारमा मोटरसाईकल र आइचर एकआपसमा ठोकियो

विदुर खबर २०७८ असार २७ गते २१:५८

नुवाकोट । नुवाकोटको बट्टारमा मोटरसाईकल र आइचर एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

Advertisement

गंगटेबाट विदुरतर्फ गइरहेको बा ५७ प ९४४८ नम्बरको मोटर साईकललाई बा ३ ख ९१ ३५ आइचरले राममन्दिरको ओरालोमा ठक्कर दिएको नुवाकोट प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते भएका मोटरसाइकल चालक सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

र्दुघटनाबाट मोटरसाईलको धेरै ठाउँमा क्षति पुगेको छ । घटनापछि प्रहरीले मोटरसाईकल र आइचर नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

 

 

प्रतिक्रिया