त्रिशुलीको मरणपार्टीमा सोलार बत्ती जडान

विदुर खबर २०७८ असार २६ गते १६:२३

नुवाकोट । नुवाकोटको विदुर – १ स्थित त्रिशुलीको मरण पाटीहरुमा सोलार बत्ती जडान गरिएको छ।

Advertisement

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको सहयोगमा ६ वटा सोलार बत्ती जडान गरिएको त्रिशुली युवाका महेन्द्र श्रेष्ठले जानकारी दिए। उनको अनुसार राम मन्दिर स्थित घाट र धोविखोलाको पाटीमा सोलार बत्ति जडान गरिएको हो। ।

विदुर नगरपालिकाको घाटहरुको मरण पार्टीमा बिस्तारै सोलार बत्ती जडान गरिने योजना रहेको युवा संघ नुवाकोटको संयोजक तथा स्थानीय प्रज्जल सापकोटा जानकारी दिए ।

Advertisement

अहिले पाटीहरुमा बत्ती जडान हुदा रातको समय मलामिहरुलाई सुविधा हुनेछ।बिजुलिको बिल पनि तिर्नु नपर्ने हुदा पाटी लगायत सार्बजनिक स्थान सोलार बत्ती राख्नु फाईदा जनक रहेको छ।

आउने दिनमा नगरपालिका सबै ठाउँमा राख्ने योजना रहेको समेत युवा संघ नुवाकोटको संयोजक तथा स्थानीय प्रज्जल सापकोटाले अखबार पाटीलाइ जानकारी दिनुभयो ।

Advertisement

 

प्रतिक्रिया