काठमाडौंमा धारिलो हतियार प्रहार गरी एक जनाकाे हत्या
नुवाकोट । काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु)प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई पक्राउ गरिएको हो ।
चन्द्रागिरि–३ थानकोटमा गए राति उनीहरुसहित तीन जनाको समूहले चक्कु प्रहार गर्दा साहलाई गम्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि–३ थानकोट र तामाङलाई सोही नगरपालिका–१ दहचोकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
घटनामा संलग्न भइ हाल फरार एक व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेका दुईविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ कारवाहीमा
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने ५३० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर चालकलाई सचेत गराएको छ ।
सोही क्रममा प्रहरीले निःशुल्क मास्क वितरण अभियान चलाइरहेको छ । हालसम्म चार लाख ६१ हजार ९९ लाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ लाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरी रु १५ हजार जरिवाना गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया