वर्षापछि नारायणगढ–मुग्लिन सडकमा पहिरो
विदुर खबर
२०७८ असार १७ गते ७:५६
नुवाकोट । लगातार वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन ठप्प भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार बुधबार राति सवा २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको छ ।
पानी निरन्तर परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण बाटो खुलाउन केही समय लाग्ने प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाले बताए ।
डोजर र लोडर पहिरो खसेको ठाउँमा पुगेको र हटाउन थालिसकिएको थापाले बताए ।
संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको यो सडक खण्डमा वर्षायाममा पहिरोले पिरलो सुरु हुन्छ ।
Advertisement
एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउने क्रममा ठाउँ ठाउँमा पहाड काटिएको छ ।
पहाड काटिएको ठाउँमा हरेक वर्षायाममा पहिरो खसेर दु:ख दिने गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया