स्वेच्छाचारिता रोक्न माग गर्दै बेलकोटगढी नगरपालिकालाई ज्ञापन पत्र
नुवाकोट । हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !!’ भन्ने अभियानले आज नुवाकोटको बेलकोटगढी नगरपालिकामा नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
अभियानको तर्फबाट नारायण नेपाल, दीपक लामा, दामोदर नेपाल, विकाश भण्डारी, ध्रुव पुडासैनी, प्रह्लाद भट्ट र दिनेश घिमिरेले ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिमा हावी भएको स्वेच्छाचारी प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरेका हुन् । नगरप्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुंगाना र कार्यकारी अधिकृत दीपक खतिवडालाई ज्ञापनपत्र बुझाउँदै अभियानले नगरसभाको पूर्वसन्ध्यामा २४ बुँदे सुझाव पेस गरेको हो ।
‘स्वायत्तता र विकेन्द्रीकरणभन्दा स्वेच्छाचारिता हावी भएकोले नगरले विकास र प्रगतिमा गति लिन सकेको छैन । यस्तो प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।’ ज्ञापनपत्रमा भनिएको छ । अभियानले टुक्रे योजना तथा व्यक्तिको नाममा जारी गरिएका योजना कम्तिमा सामुदायिक हितको योजनामा लगानी गर्न, राष्ट्रिय गौरवको आयोजना तथा विभिन्न ठुला योजनाको नाममा आएको बजेट प्राकृतिक दोहन, सार्वजनिक सम्पत्ति दोहन र व्यवसायिक स्वार्थमा दुरुपयोग रोक्न र प्राकृतिक सम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण गर्दै वातावरणमैत्री दिगो विकासको अवधारणाका आधारमा पूर्वाधार निर्माण गर्न सुझाव दिएको छ ।
सामाजिक सुरक्षाभत्ता वितरणको लागि गाउँटोलमा घुम्ति बैंकिङ सेवा सञ्चालन गर्नसमेत अभियानले माग गरेको छ । अभियानले सरोकारवाला भेला नहुने तर कोठे भेलाले उपभोक्ता समिति गठन गर्ने प्रथा बन्द गर्न, रैथाने प्रजातीका पशु तथा विउविजन संरक्षण गरी बजार व्यवस्थापन र गाउँटोलमा कृषिउपज संकलन केन्द्र स्थापना गर्न माग गरेको छ ।
ज्ञापनपत्रको पूर्णपाठः
हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !!
मितिः २०७८/०३/१४
श्री प्रमुखज्यू,
बेलकोटगढी नगरपालिकाको कार्यालय
बाघखोर, नुवाकोट
विषयः ज्ञापनपत्र
हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !! भन्ने नाराका साथ सामाजिक सञ्जालमा हामीले जनस्तरबाट नागरिक दबाब अभियान सञ्चालन गरेका छौँ । नगरपालिका स्थापना सँगसँगै जनप्रतिनिधिको चयनपश्चात्का गतिविधि एकाध आर्थिक वर्षमा सकिँदा विकास र सम्वृद्धिको नारामा हामी कुन अवस्थामा छौँ र हामीले उपलब्ध साधनस्रोत र जिम्मेवारीता र जवाफदेहिता के कस्तो ढंगले पुरा गरेका छौँ भन्ने सवालमा सञ्चारमाध्यम र आम नागरिकसामु व्यापक बहस चलेको पाइन्छ । तसर्थ स्थानीय सरकार र यसका नेतृत्वले सुधार गर्न सक्ने सवालहरुलाई सुझावको रुपमा नगरसभाको पूर्वाधमा यो ज्ञापनपत्र पेस गरेका छौँ ।
१. स्वायत्तता र विकेन्द्रीकरणभन्दा स्वेच्छाचारिता हावी भएकोले नगरले विकास र प्रगतिमा गति लिन सकेको छैन । यस्तो प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।
२. नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य जरुरी छ ।
३. टुक्रे योजना तथा व्यक्तिको नाममा जारी गरिएका योजना कम्तिमा सामुदायिक हितको योजनामा लगानी होस् ।
४. राष्ट्रिय गौरवको आयोजना तथा विभिन्न ठुला योजनाको नाममा आएको बजेट प्राकृतिक दोहन, सार्वजनिक सम्पत्ति दोहन र व्यवसायिक स्वार्थमा दुरुपयोग रोकियोस् ।
५. साझेदारीमा आधारित योजनामा जोड दिँदै भेगीय सन्तुलन रहने गरी प्राविधिक शिक्षालय सञ्चालन गरियोस् ।
६. मातृभाषा शिक्षा कार्यक्रम, व्यवसायिक शिक्षाको स्थानीय पाठ्यक्रम निमार्ण गरियोस् ।
७. इतिहास, मौलिकता, कला, संस्कृति, ललितकला, वास्तुकलाको संरक्षणमा ठोस पहल गरियोस् ।
८. चुस्त, जनमुखी प्रशासन सञ्चालन, प्रविधिमैत्री संयन्त्र र कर्मचारी, जनप्रतिनिधिमा जवाफदेहिता कायम होस् ।
९. भौगोलिक विविधताको आधारमा विकास निर्माणको आयोजना छनौट गर्दा सन्तुलन कायम गरियोस् ।
१०. प्राकृतिक सम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण गर्दै वातावरणमैत्री दिगो विकासको अवधारणाका आधारमा पूर्वाधार निर्माण गरियोस् ।
११. वृद्धभत्ता, एकल महिला, अपांग लगायतका सामाजिक सुरक्षाभत्ता वितरणको लागि गाउँटोलमा घुम्ति बैंकिङ सेवा सञ्चालन गरियोस् ।
१२. नगरभित्रका बैंक तथा वित्तिय संस्थाहरुको निश्चित प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था गरियोस् ।
१३. सरोकारवाला भेला नहुने तर कोठे भेलाले उपभोक्ता समिति गठन गर्ने प्रथा बन्द गरी प्रभावकारी अनुगमन थालनी होस् ।
१४. रैथाने प्रजाती पशु तथा विउविजन संरक्षण, किसानमैत्री योजना, बजार व्यवस्थापनको पहल, कृषिउपज संकलन केन्द्र स्थापना हरेक वडा र गाउँटोलमा सुरु होस् ।
१५. व्यापक रुपमा समस्यामा रहेको कुखुरा व्यवसायलाई प्रोत्साहन गर्ने पोल्ट्रीफर्म दर्ता गर्न नीतिगत सहजीकरण गर्दै किसान र नगरपालिकाको साझेदारीमा कोल्डस्टोर र बधशाला निर्माणको पहल होस् ।
१६. स्वरोजगार विकास गर्न उद्यमशीलता विकास, घरेलु तथा कुटिर उद्योगको विकास विस्तारमा पहल होस् ।
१७. सहकारी समूह तथा व्यवसायिक सहजताका लागि सार्वजनिक जग्गा लिजमा दिइयोस् ।
१८. प्लाष्टिकजन्य फोहोर र किटनाशक विषादी प्रयोगमा निरुत्साहन गरियोस् ।
१९. स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, पर्यटन विकास पूर्वाधार निर्माण गर्ने, चिम्टेश्वर देविघाट केवुलकार निर्माण गर्ने साझेदारीमा इच्छुक कम्पनीलाई आह्वान गर्न पहल होस् ।
२०. पूविय सभ्यता, बौद्ध दर्शन, योग विज्ञान अध्ययन, अनुसन्धान केन्द्र स्थापनाको पहल गर्दै संस्कृति अतिक्रमण रोक्दै सामाजिक सुधारको थालनी होस् ।
२१. हरेक वडामा नागरिक सुनुवाई तथा जनप्रतिनिधिहरुले विकास योजनाको पब्लिक अडिट गर्ने कार्य सुरु होस् ।
२२. स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्दै निःशुल्क स्वास्थ्य शिविर हरेक वडामा सञ्चालन गरियोस् ।
२३. विद्यालयहरुमा भएका बेथितिहरुको छानबिन गर्दै विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयको स्तरउन्नती गर्न ठोस पहल होस् ।
२४. कि कर नलेऊ, असुलेपछि प्रभावकारी सुविधा देऊ ।
अभियानको तर्फबाट
१. नारायण नेपाल – बे.न.पा ६
२. दामोदर नेपाल – बे.न.पा ७
३. दीपक लामा – बे.न.पा ७
४. विकाश भण्डारी – बे.न.पा ३
५. ध्रुव पुडासैनी – बे.न.पा ८
६. प्रह्लाद भट्ट – बे.न.पा ९
७. दिनेश घिमिरे – बे.न.पा ६
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया