कर्णाली तटबन्ध भासियो
नुवाकोट । जिल्लाको राजापुरस्थित सत्तीघाट पुलको पूर्वतर्फ कटान, गेभिन र तटबन्ध भासिएपछि बर्दियासँग कैलालीको टिकापुर जोड्ने सडक सञ्जाल विच्छेद भएको छ ।
पुलको पूर्वपट्टि कटान रोक्न बनाइएको तटबन्धको गेभिन भासिएको हो । तटबन्धसँगै गेभिन भासिएर पुलसँग जोडिएको हुलाकी सडक कटान भई किनारबाट नदी बग्न थालेको छ । हुलाकी आयोजनाका नेपालगन्जका प्रमुख गगल भण्डारीले पुलको पश्चिमपट्टिको सडक जोड्ने एप्रोचसँग जोडिएको सडक कटान भएपछि यातायात सम्पर्क विच्छेद भएको बताए । उनले खबर पाएकोले राजापुरतर्फ जान लागेको जनाए ।
नदी कटान रोक्न पुलको पूर्वतर्फको उत्तर-दक्षिण निर्माण गरिएको तटबन्ध बगाएको स्थानीय प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । उनका अनुसार त्यस क्षेत्रमा आउजाउमा रोक लगाइएको छ । पुलको बीचमा फसेका पैदलयात्रीलाई सिढी लगाएर वारपार गरिएको प्रजिअ सुनारले जनाए ।
राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीले नदी फैलिएर बग्न थालेपछि राजापुर—४ र ७ को संर्घषनगर, मुक्तकमैया बस्ती, छेदियालगायत दर्जन बढी गाउँमा बाढीको जोखिम भएको बताए ।
जलस्तर बढ्दै गएपछि कर्णालीमा कटान सुरु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले पुलसँग सडक विच्छेद भएपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयवासी रोकथामका लागि प्रयासमा जुटेको बताए ।
गत वर्ष भ्वाङ परेसँगै दक्षिणपूर्व पुल जोखिममा परेको हो । भ्वाङ परेको पुल टालटुल पारेका थिए । ५ सय ३१ मिटर लामो पुल तीन वर्षअघि ४६ करोडको लागतमा निर्माण भएको थियो । स्थानीयले पटक पटक पुल जोगाउन तटबन्धन बनाउन माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको नगर प्रमुख चौधरीले गुनासो गरे । जालीमा ढुंगा भर्दै हाले पनि पानीको बेगले खस्कँदै गएको छ ।
हुलाकी सडक आयोजनाअन्तर्गत यस पुलमा १४ वटा पिलर छ । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेको हो । यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो ।
पूर्वतर्फ करिब ७५ मिटर कटान गरेको ठाउँमा थप एक पिलर राख्नु पर्ने सल्लाह प्रावधिकले दिएका थिए । एउटा पुल राख्दा झण्डै ४ करोड अनुमानित बजेट माग गरे पनि अर्थ मन्त्रालयले निकासा नदिँदा रोकिएको अधिकारीहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया