शिवपुरी गाउँपालिकामा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

विदुर खबर २०७८ असार ११ गते २०:५७

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरिएको छ ।

Advertisement

जिल्ला अनुगमन समितिको टोलीले शुक्रवार गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको नेतृत्वमा बजार अनुमगन गरेको हो ।

बजार अनुमगनको क्रममा खाद्यान्न तथा किराना पसलहरुमा म्याद नाघेको अखाद्य बस्तूहरु फेला परेकोमा स्थानिय जन–प्रतिनिधीको रोहबरमा उक्त अखाद्य बस्तूहरु जलाई नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

Advertisement

बजार अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोट, घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय नुवाकोटका प्रतिनिधीहरु सहभागि भएका थिए ।

प्रतिक्रिया