विदुर नगरपालिकामा थप २४ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ असार ११ गते १८:३७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा थप २४ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ३१ पुगेको छ । संक्रमितमध्ये एक हजार २ सय २६ पुरुष र ६ सय ९५ महिला रहेका छन् ।

Advertisement

नगरपालिकाका २ सय ९० जना अहिले होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नगरपालिकाका ३ हजार २३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया