देविघाटको जालपादेवि मन्दिरको डिपिआर सार्वजनिक
नुवाकोट । नुवाकोटको प्रमुख तथा ऐतिहासिक महत्व बोकेको जालपादेवि मन्दिरको डिपिआर सार्वजनिक गरिएको छ ।
विदुर नगरपलिका वडा नम्बर ५ देबीघाटमा रहेको प्रसिद्ध धार्मिकस्थल जालपादेबी मन्दिरलाई नयाँ पुरातात्विक हिसावले निर्माण गर्न पुर्व मन्त्री भानुभक्त ढकालले पहल गरेका थिए ।
तादी र त्रिशुली नदिको संगमस्थलमा रहेको स्थानमा जालपादेवी भैरवीको मन्दिर छ । यहाँ प्रत्येक बैशाखमा ठुलो मेला लाग्ने गर्दछ । नुवाकोटको देवीको प्रतिमा यही ठाउँमा ल्याएर राखिन्छ ।
देबिघाट जिल्लामा रहेको एक धार्मिक स्थान पनि हो । यो काठमाडौंबाट करिब ६० किलोमिटरको दुरिमा रहेको एउटा सम्पदा हो । यहाँ १८३१ माघ १ मा राजा पृथ्वीनारायण शाहको मृत्यु भएको थियो र दाहसंस्कार पनि यहाँ नै गरिएको थियो । यहाँ नै पृथ्वी नारायण शाहको शालिक समेत निर्माण गरिएको छ ।
देबिघाट बजार धर्मिक दृष्टिकोणले पनि अगाडि रहेको छ । तादि र त्रिशूली नदीको सङगम स्थल मानिने देबिघाटमा जालपा माइको मन्दिर पनि रहेको छ । यहाँ राजा पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ढुंगा पनि सुरछित गरि राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया