नुवाकोटमा थप ६७ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय ३३ जनाको पिसिआर परिक्षण गर्दा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ८८ पुगेको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको तारकेश्वर गाउँपालिकामा सबैभन्दा बढी ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै विदुर नगरपालिकामा १५ जना कोरोना संक्रमित थपिँदा लिखु गाउँपालिकामा ८ जना संक्रमित थपिएका छन भने किस्पाङ र म्यागङ गाउँपालिकामा समान ४÷४ जना संक्रमित भेटिएका छन् । त्यस्तै बेलकोटगढी नगरपालिकामा ३ जना र सुर्यगढी गाउँपालिकामा एकजना संक्रमित थपिएका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ८८ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ६३ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ८ सय ९८ जना होम आइसोलेसनमा, ३४ जना आइसोलेसन सेन्टरमा र २९ जना अस्पतालमा उपचाररत रहेका कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ९ सय ९२ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म १९ हजार ३ सय ४९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु 





प्रतिक्रिया