डडेल्धुरामा स्वास्थ्य सामाग्री पु-याउन गएकी महिलाको विभत्स हत्या
नुवाकोट । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ जमिरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मिता धामीको विभत्स अवस्थामा शव फेला परेको छ ।
आधारभुत स्वास्थ्य केन्द्र जमिरानीबाट बुधबार स्वास्थ्य सामाग्री बोकेर फिर्ता गराउन परशुराम नगरपालिको केन्द्र जोगबुडा आएकी २६ बर्षीया धामीको शनिबार परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायीक वनमा शव भेटिएको हो ।
कोरोना महामारी बिरुद्धको खोप लगायतका स्वास्थ्य सामाग्री बोकेर जोगबुडा आएकी उनी सम्पर्कमा नआएपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई निवेदन दिएका थिए ।
घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीयले उनको हत्या गरिएको आशंका गरेका छन् । तर, प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खेल्ने जनाएको छ ।
इलाका प्रहरी कार्यालय जोगबुडाले घटनास्थलबाट शव जोगबुडा अस्पताल पुगाईएको र पोष्टमार्टम भईरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया