नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ५२ पुग्यो

विदुर खबर २०७८ असार ६ गते ६:२२

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ५२ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

सक्रिय कोरोना संक्रमितमध्ये ९ सय ५७ जना होम आइसोलेसनमा, ४२ जना आइसोलेसन सेन्टरमा र ३७ जना अस्पतालमा उपचाररत रहेका छन् ।

Advertisement

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा एकसय ५६ जनाको पिसिआर परिक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुप्चेश्वर गाउँपालिकामा २४ जना कोरोना संक्रमित थपिएका छन् भने विदुर नगरपालिकामा १८ जना थपिएका छन् । यस्तै किस्पाङ गाउँपालिकामा ४ जना, बेलकोटगढी नगरपालिकामा ३ जना, लिखु र म्यागङ गाउँपालिकामा समान २÷२ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

त्यस्तै ककनी, सुर्यगढी, पन्चकन्या र तादी गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ७ सय ६७ पुगेको छ ।

नुवाकोटमा हालसम्म ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म नुवाकोटमा १९ हजार १३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया