पहिरोले रसुवागढी नाका जोड्ने सडक दुई दिनदेखि बन्द
विदुर खबर
२०७८ असार ५ गते २१:३९
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक बिहिबारदेखि अवरुद्ध भएको छ ।
धुन्चेदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिकास्थान धुन्चे सडक खण्ड अन्तर्गत मुलखर्कमा पहिरो गएको छ ।
यस्तै धुन्चे स्याफ्रु सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरोको कारण साना गाडी मात्र सञ्चालन भइरहेको छ । यस्तै स्याफ्रु रसुवागढी सडक खण्डमा अन्तर्गत लिङलिङमा झरेको पहिरो पन्छाउने काम दुई दिनदेखि जारी छ ।
अस्ती ब्लाष्टिङ गरेर ठुलो ढुंगा फुटाइएको भएपनि हटाउने काम हिजो आधा मात्र सकिएको र बाँकी आज पन्छाउने प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
सडक खुलाउनका लागि समन्वय गरिरहेको उहाँको भनाइ छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया