पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

विदुर खबर २०७८ असार ५ गते १८:०७

नुवाकोट । पछिल्लो २४ घण्टामा नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने थप ३६६० जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

Advertisement

हालसम्म देशभर सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ ।

प्रतिक्रिया