पन्चकन्या गाउँपालिकामा बृद्धभत्ता चोरी प्रकरण : पुडासैनीलाई मन्त्रालय तानियो
नुवाकोटको । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बृद्भ भत्ताको रकम चोरीमा कारबाही स्वरूप नुवाकोटको पञ्कन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी मन्त्रालय तानिएका छन ।
वृद्ध भत्ता चोरी प्रकरणमा नैतिक रूपमा दोषी रहेको निष्कर्षसहित मन्त्रालयले पुडासैनीलाइ कारबाही स्वरूप मन्त्रालय तानेको हो । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ बाट गत चैत २४ गते ५३ लाख रुपैयाँ चोरी भएको नाटक मञ्चन गरिएको थियो । सीसीटीभी फुटेज हेर्दा चोरी नाटकमात्र रहेको मन्त्रालयका अधिकारीको निष्कर्ष रहेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सीधै व्यक्तिको खातामा तानेर झिकेको ५० लाख रुपैयाँ र वडा कार्यालयमा भएको ३ लाख गरी ५३ लाख रुपैयाँ चोरी भएको प्रचार गरिएको थियो ।
मन्त्रालयले प्रशासकीय अधिकृतको गम्भीर लापरवाही देखिएपछि पुडासैनीमाथि मन्त्रालय तानेर थप छानविन गर्न लागेको हो ।गाउँपालिकामै रहँदा प्रमाणहरू नष्ट गर्न सक्ने भएकाले मन्त्रालय तानिएको एक उच्च अधिकारीले जानकारी दिए ।
मन्त्रालयले उपसचिव मदन कोइरालाको नेतृत्वमा गठन गरेको छानविन समितले स्थलगत निरीक्षण गरेर प्रतिवेदन दिए लगत्तै मन्त्रालयले पुडासैनीको जिम्मेवारी खोसेको हो । अधिकृत पुडासैनीलाई अतिरिक्त समूहमा राखेर काम बिहीन बनाइएको छ ।
मनत्रालयले यो घटनाको छानविन गर्न उपसचिव मदन कोइराला संयोजक र लेखा अधिकृत उमेश्वर काफ्ले सदस्य रहेको समिति बनाएको थियो । समिति गाउँपालिका नै पुगेर अनुसन्धान गरेर काठमाडौं फर्किसकेको छ ।
यसअघि मन्त्रालयले निलम्बन नै गर्ने तयारी गरेको भएस्पनि घटनावारे पहिला अध्ययन गर्ने भन्दै हाललाई काठमाडौं तानेको हो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया