कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
नुवाकोट । कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो ।
प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए । सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिनुभएको थियो ।
प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।
अदालतको फैसलाले चार सांसदको पुनर्बहाली पछि कर्णालीमा एमालेको एकल वहुमत रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सरकारले ल्याएको नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ ।
आज वसेको एमाले संससदियदलको वैठकमा माधव नेपाल पक्षिय सांसद प्रकाश ज्वाला सहभागी भएपनि अन्य तिन जना सहभागी भएका थिएनन । उनिहरु मन्त्री भएकोले प्रदेश सभा वैठकमा सहभागी थिएनन तिन जना सहभागी नहुदा प्रदेश सभामा सहभागी मध्ये वहुमतले नीति तथा कार्यक्रम पारित भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया