नुवाकोटमा कोरोना संक्रमितको संख्या साढे ४ हजार पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या झण्डै साढे ४ हजार पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७७ जना कोरोना संक्रमित थपिएसगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा एकसय ७६ जनाको पिसिआर परिक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७४ जना कोरोना संक्रमित कोरोनाामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ३ सय ३२ पुगेको छ ।
यस्तै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या एकहजार एकसय ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुप्चेश्वर गाउँपालिकामा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै विदुर नगरपालिकामा १६ जना, लिखु गाउँपालिकामा १५ जना र शिवपुरी गाउँपालिकामा १३ जना संक्रमित थपिएका हुन् ।
नुवाकोटमा हालसम्म ३२ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लामा हालसम्म १८ हजार एकसय ५३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया