नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

नुवाकोट । रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

किस्पाङ गाउँपालिकामा आयोजित रत्तदान कार्यक्रममा रत्तदान गर्दै सहभागीहरु ।
संकलित रगत नुवाकोट जिल्लामा केहि राखेर वाँकि रक्तसन्चार केन्द्र भक्तपुर पठाईने नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय नुवाकोट जिल्लामा Blood on Request in Nuwakot वाट रगत व्यवस्थापन सहज भएकोले रक्तदान कार्यमा आम युवा पुस्ताको आकर्षण वढोत्तरी भएको छ ।
रगत दिने र रगत चाहिने वर्गको पुलको रुपमा परिचित Blood on Request in Nuwakot को आयोजना जेठ महिनाका यस पहिले दुई पटक रक्तदान / प्लाज्मादान क्याम्प भईसकेका छन् । नयाँ पुस्ता रक्तदानमा आकर्षित भईरहेको समयमा संस्थाको सम्पर्कमा हाल १२०० रक्तदाता रहेको र १ वर्षको अन्तरालमा २००० भन्दा वढी आकस्मिक रक्तदान कार्य नुवाकोट र काठमाडौंमा भएको Blood on Request in Nuwakot का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया