नुवाकोटमा आज एकसय १२ जना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा आज थप एकसय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज जिल्लामा एकसय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जनामा कोरोना परिक्षण गर्दा एकसय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ९५ पुगेको छ । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय २८ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये एक हजार ७ जना होम आइसोलेसनमा, ७५ जना आइसोलेसन सेन्टरमा र ४३ जना अस्पतालमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
आज भेटिएका संक्रमितमध्ये २४ जना तारकेश्वर गाउँपालिकाका, २३ जना बेलकोटगढी नगरपालिकाका, १९ जना सुर्यगढी गाउँपालिकाका र शिवपुरी गाउँपालिकामा ११ जना संक्रमित थपिएका छन् ।
यस्तै पन्चकन्या गाउँपालिकामा ८ जना, लिखु गाउँपालिकामा ४ जना, दुप्चेश्वर गाउँपालिकामा ३ जना, म्यागङ गाउँपालिकामा २ जना, ककनी र किस्पाङ गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।
आज ७९ जना कोरोना संक्रमित कोरोनामुत्त
यस्तै आज जिल्लामा ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार एकसय ३८ पुगेको छ । नुवाकोटमा हालसम्म २९ जना कोरोना संक्रमितको मृतयु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म १७ हजार ५ सय ६४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया