काठमाडौं उपत्यकामा निषेधाज्ञा ४३ दिन पुग्यो, खुकुलो बनाउन आवाज उठ्यो
नुवाकोट । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ। निषेधाज्ञाको कारण जनजीवन ठप्प छ।
निषेधाज्ञा बढ्दै गएपछि स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्ने आवाज उठ्न थालेको छ। विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउन माग गरेका छन्।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताए।
निषेधाज्ञालाई एकैपटक नभई चरण चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए। उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायिक गतिविधि अगाडि बढाउनुपर्ने बताए। खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन बिस्तारै खुला गर्नुपर्ने बताए।
व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी लकडाउनलाई खुकुलो पार्नुपर्नेमा उनले बताए।
नेपाल अटोमोवाइल्स् डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पु¥याउने गरी बिस्तारै लकडाउनलाई खोल्दै लैजानुपर्ने बताए। होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए।
वायु सेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया