मापदण्डविपरी खोलामा अनियन्त्रित दोहन
नुवाकोट । खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । लुम्बिनी प्रदेशका अधिकांश ठूला खोला र नदीमा पछिल्लो एक सातादेखि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती छ ।
खोला धमिलो हुने गरी पानीको सतहसम्मै पुगेर खोला, नदी गहिरो बनाउँदै नदीजन्य सामग्री निकाल्ने काममा ‘स्थानीय डन’ हरू खटिएका छन् । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनले सामान्य अनुगमनसमेत गरेका छैनन् ।
बुटवल र तिलोत्तमा खण्डमा पर्ने तिनाउ नदी किनारमा दैनिक सयौं युवाले अवैध एक्स्काभेटर र टिपरलाई सुरक्षा दिने गरेका छन् । स्थानीय र सरोकारवालाले अवरोध गर्न थालेपछि खोला दोहन गर्ने समूहले टोली नै खटाएर सुरक्षा दिन थालेको हो । स्थानीय तहका प्रतिनिधि र प्रहरी भने खोला सुरक्षामा कतै देखिँदैनन् । आयोजनाको नाममा स्थानीय तहका जनप्रतिनिधिकै हस्ताक्षरको भरमा वातावरणीय प्रभाव मूल्यांकन परीक्षणसमेत नगरी लाखौं घनमिटरको परिमाणमा निकासी भइरहेको छ । आयोजनाका नाममा उत्खनन गरिएको ढुंगा र गिट्टी ठूलो फरिणाममा स्थानीय त्रेसर उद्योगमा जाने गरेको छ । रूपन्देहीका तिनाउ, दानव, रोहिणी, सुखौरा, चरंगे, कर्सालगायतका खोला दोहनको बढी चपेटामा छन् ।
तिलोत्तमा नगरपालिकाले पनि खानेपानी, सरसफाइ आयोजना, खेलमैदानका नाममा नदीबाट उत्खनन गरिरहेको छ । नगरपालिकाका विपद् तथा वातावरण व्यवस्थापन शाखाका इन्जिनियर गिरीराज डुम्रेले वातावरणीय परीक्षणबिना कतै पनि ढुंगा र गिट्टी ननिकालिएको बताए । ‘नगरपालिकाले तिनाउ नदीबाट ११ र सुखौरा खोलाबाट ९ स्थान पहिचान गरी नदीजन्य सामग्री निकाल्न वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो,’ उनले भने, ‘तीमध्ये तीन प्याकेजमा ठेक्का लागेको छ ।’ प्याकेजमा ठेक्का लागेका स्थानबाट निकालिएको सामग्रीको नियमित अनुगमन भइरहेको र अन्य क्षेत्रबाट अहिले सामग्री निकाल्ने काम नभएको उनको दाबी छ ।
तिलोत्तमा नगरपालिका–४ को डिंगरनगर, मगरघाट, हरिहरपुर र बुटवल उपमहानगरपालिका–१७ स्थित रंगशालानजिक, मोतीपुर क्षेत्रलगायतमा सातादेखि दुई दर्जन बढी डोजर र एक्स्काभेटरले ढुंगा, गिट्टी र बालुवा नियमित निकाल्ने गरेका छन् । बुटवल उपमहानगरपालिकाले दिएका चिठीका आधारमा पनि दर्जनौं स्थानमा अनियन्त्रित उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख एकबहादुर विश्वकर्माले केही ठूला आयोजनाका लागि अनुमतिपत्रमार्फत निकाल्न दिए पनि अन्यत्र सबै प्रक्रिया पूरा गरेर मात्र उत्खनन भइरहेको बताए । ‘अन्य स्थानमा त स्थानीय तहहरूले मापदण्ड पूरा गरेर ठेक्कामार्फत नै निकासी गरेका छन्,’ उनले भने, ‘हामीले निरन्तर अनुगमन गरिरहेका छौं ।’
नगरपालिका र जिससले मापदण्ड पूरा गरेको दाबी गरे पनि धेरै स्थानमा वातावरणीय प्रभाव परीक्षणसमेत भएको छैन । अहिलेसम्म ढुंगा र गिट्टी निकाल्न भन्दै कोही परीक्षणका लागि नआएको तिलोत्तमा–४ डिंगरनगरका भविश्वर पाण्डेले बताए । ‘अहिलेसम्म नगरपालिकाका कर्मचारी कोही देखेका छैनौं,’ उनले भने, ‘तर यही खोलाबाट दैनिक १ सय टिपरले माल ओसारेको ओसारै छन् ।’ उनले दैनिक १२ देखि १६ घण्टासम्म खोलामा मेसिनले उत्खनन गर्ने गरेको बताए । नगरपालिकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरेको छ ।
वातावरणीय प्रभाव मूल्यांकनअनुसार अहिले उत्खनन भइरहेको क्षेत्रमा १ दशमलव ८० देखि २ दशमलव २० मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्छ । त्यस्तै, २० देखि ६० मिटर चौडाइ र झन्डै एक किलोमिटर लम्बाइमा उत्खनन गर्न सकिन्छ । तर अहिले सरकारी निकायको अनुगमन अभावमा खोला तीन मिटरसम्म गहिराइमा पुगेको छ । दुई किलोमिटरभन्दा बढी लम्बाइमा लस्करै चार ठेकेदारले सामान निकाल्ने गरेका छन् । अनियन्त्रित ढुंगा र गिट्टी निकासीले तिनाउ नदी गहिरिँदै गएर बुटवलसमेत जोखिममा पर्न थालेपछि तत्कालीन संसद्को प्राकृतिक स्रोत साधन समितिले २०६७ सालमै तिनाउ खोलामा उत्खनन रोक्न निर्देशन दिएको थियो । निर्देशनअनुसार तिनाउको राजमार्ग पुलदेखि तल १८ किलोमिटरसम्मको दूरी निषेधित क्षेत्रमा पर्छ । तर अहिले पाँच किलोमिटरको दूरीमै दुई ठेकेदारले ढुंगा र गिट्टी निकालिरहेका छन् ।
रूपन्देहीसँगै पश्चिम नवलपरासीका पानवार, जर्घा, कपिलवस्तुको वाणगंगा, दाङको राप्ती, प्यूठानको झिमरुक, बाँकेको भेरीलगायतका नदी र खोलामा पनि अहिले अवैध र अनियन्त्रित उत्खनन जारी छ । प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयले नदीजन्य सामग्री सीधै बेच्न नपाइने र घाटगद्दी गरेर मात्र बिक्री वितरण गर्न पाउने कार्यविधि तयार गरेर सबै स्थानीय तहमा पठाइसकेको छ । तर स्थानीय सरकारले त्यसलाई अस्वीकार गर्दै आफूखुसी बिक्री गर्दै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया