नुवाकोटको ककनी गाउँपालिकाले मृतक संक्रमितको परिवारलाई किरिया खर्च दिने

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।
उनका अनुसार समुदायमा कोरोना सङ्क्रमण फैलिसकेको पुष्टि भएको तर, शंकास्पद लक्षण भएका तथा संक्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासीनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन सङ्क्रमित पुष्टि भएकालाई ५ हजार दिने निर्णय गरिएको हो ।
उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाबाट तीन जनाको मृत्यु भएको र सङ्क्रण दर अनपेक्षित रूपमा बढेसँगै नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया