प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद विस्तार, जसपाबाट दुई राज्यमन्त्री सहित १० जना थपिए
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुनेभएपछि ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
राजेन्द्र महतो नेतृत्वमा जसपा सरकारमा सरकारमा सहभागि भएको छ । महतोले उपप्रधान तथा शहरी विकास मन्त्री जिम्मेवारी सहित सरकारमा सहभागि भएका हुन् ।
शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, अनिल झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरियाले वन तथा वातावरण मन्त्रालय, चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै चन्द्रकान्त चौधरी उर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री र रेनुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएका छन् ।
यस्तै प्रधानमन्त्री ओलीले अहिले मन्त्रिपरिषदमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्रीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाएका छन् ।
उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक पद मुक्त गरेर रघुवीर महासेठ र शेरबहादुर तामाङलाई मन्त्रि नियुक्त गरेका छन् । महासेठलाई परराष्ट्रमन्त्री र तामाङलाई स्वास्थ्यमन्त्री बनाएका हुन् ।
राजेन्द्र महतोसंगै अर्थमन्त्री बिष्णु पौडेल र रघुवीर महासेठलाई प्रधानमन्त्री ओलाले उपप्रधानमन्त्री बनाएका छन् ।
नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति कार्यलयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया