दियालो फाउन्डेसनद्धारा बेलकोटगढी नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

विदुर खबर २०७८ जेठ २१ गते १३:३८

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकालाई दियालो फाउन्डेसनले स्वास्थ्य सामाग्री विरतण गरेको छ ।

Advertisement

विहिबार एक कार्यक्रमको आयोजना गरि फाउन्डेसनले नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिई, फेससिल्ड, सेनिटाईजर, माक्स लगायत रहेका छन् ।

वेलकोटगढि नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सामाग्री वितरण गरिएको दियालो फाउन्डेसनका प्रतिनिधि एवं समाजसेवी राजाराम तिवारीले जानकारी दिए ।

Advertisement

यस्तै दियालो फाउन्डेसन लगायतका संस्थाको सहयोगले नगरपालिकामा रहेका कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री जुटाउन सहयोग मिलेको नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले जानकारी दिए ।

हाल बेलकोटगढी नगरपालिकामा ३ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ९० जना आइसोलेसनमा उपचार गरिरहेको मेयर खनालले बताए ।

Advertisement

नगरपालिकामा हालसम्म एकहजार ९४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस नगरपालिकालाई उपलब्ध गराईदिनुभएकोमा दियालो फाउन्डेसन र त्यसका प्रतिनिधि एवं समाजसेवी श्री. राजाराम तिवारी, श्री प्रविण किरण तिवारी लगायत टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं!

प्रतिक्रिया