नुवाकोटको तारकेश्वर गाउँपालिकाको एम्बुलेन्सले विरामी बोक्न मानेन

विदुर खबर २०७८ जेठ १८ गते २१:३९

नुवाकोटको तारकेश्वर गाउँपालिकाद्वारा सन्चालित एम्बुलेन्सले पार्टीको मान्छे नभएको भन्दै बिरामी बोक्न नमानेको तथ्य सार्वजनिक भएको छ ।

Advertisement

नुवाकोटको तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितलाई बोक्न सन्चालन गरिएको एम्बुलेन्सले बिरामी बोक्न नमानेको जानकारी आएको छ। तारकेश्वर गाउँपालिकामा परोपकार युवा क्लबद्वारा प्रदान गरिएको १ थान एम्बुलेन्स र गाउँपालिकाद्वारा सन्चालित १ थान गरि तारकेश्वर गाउँपालिकामा २ थान एम्बुलेन्स सेवा सन्चालनमा रहेको छ ।

उक्त एम्बुलेन्सहरुले पार्टी कार्यकर्ता मात्रै बोकेको स्थानीयले आरोप लगाएका छन् । केहि समय अगाडी मात्रै तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले आफू चढ्दै आएको गाडी कोरोना संक्रमितलाई बोक्न दिने निर्णय ब्यापक रुपमा प्रचारप्रसार गरिएता उक्त निर्णयको कार्यान्वयन भने भएको छैन ।

Advertisement

तारकेश्वरका अध्यक्ष वस्तीले आफू चढ्दै आएको गाडी कोरोना संक्रमितलाई बोक्न दिने भन्ने निर्णय गरेको सामाजिक सन्जालमा मात्र भाइरल गराएको भएपनि गाडी प्रयोगमा आएको छैन । तारकेश्वर गाउँपालिका वडा नं १ को कोरोना संक्रमित एक महिलाले त्रिशुली अस्पतालबाट घर जानको लागि गाउँपालिकासँग एम्बुलेन्सको माग गर्दा एम्बुलेन्स सेवा नदिएको गुनासो गरेका छन् ।

आफ्नो नाम बताउन नचाहने एक तारकेश्वर गाउँपालिका वडा नं १ को एक महिलाले गाउँपालिकाको एम्बुलेन्स मगाउँदा ५ हजारको तेल हालिदिए मात्र पालिका सम्म मात्र लगिदिने एम्बुलेन्स उकालो ओरालो जाँदैन भन्ने जवाफ आएको पिडितले बताए । निशुल्क एम्बुलेन्स सेवा दिने भनेको गाउँपालिकाले एम्बुलेन्स नदिएपछि नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा ४ हजार तिरेर घर गएको पिडितले बताएका छन ।

Advertisement

तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले आफू चढ्ने गाडी नै एम्बुलेन्स बनाएको बताएको १ महिना नपुग्दै यस्तो अवस्था आउनु सबै कुराहरु आस्वासन मात्रै रहेको पाइन्छ ।

प्रतिक्रिया