सोमबारसम्म पानी पर्ने सम्भावना
नुवाकोट । केहीदिन यता उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।
यास् चक्रवातको असरका कारण पानी परिरहेको र देशका विभिन्न भागमा यो क्रम सोमबारसम्म जारी रहने मौसम विभागले जनाएको छ। हाल देशमा यास् चक्रवात उत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ १५ गते (शनिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ १६ गते (आइतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ १७ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र प्रदेशका १ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलोबाटो, हिलेभीरपाखा,अवरुद्ध यातायात र संचार ,पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया