यसपालिको बुद्धजयन्ती दीप प्रज्वलनमा सीमित
नुवाकोट । २५६५ औं बुद्धजयन्ती कोरोनाका कारण सामान्यरूपमा मनाइने भएको छ ।
सधैं भव्य समारोहका बीच हुने गरिएकोमा यो वर्ष भने सामान्यरूपमा मनाइने भएको हो । कोरोना महामारीका कारण दीप प्रज्वलन, परित्राण पाठ गरेर सामान्यरूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतबर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा सीमित भएको थियो ।
विगतमा राष्ट्रप्रमुख,विदेशी कुटनीतिज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना संक्रमणको कारण यस बर्ष औपचारिक कार्यक्रम नहुने भएको हो ।
बन्दाबन्दीको कारण गत बर्ष पनि पूजापाठ र सामान्य कार्यक्रम गरेर मनाउन लागिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।उहाँका अनुसार बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश वाचन गरिनेछ । त्यसपछि, पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाइ छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ति होस् भनेर २५६५ वटा दीप प्रज्वलन गरिने लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध धर्ममा वैशाख पूर्णिमालाई निकै महत्त्वका साथ लिने गरिन्छ । वैशाख पूर्णिमामा त्रिसंयोग परेको मानिन्छ ।
सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र बुद्धको ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि वैशाख पूर्णिमाकै दिन हो । गौतमबुद्धको जन्म २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया