सरकारले स्वास्थ्य संकटकाल लगाउँदै
नुवाकोट । नेपाल सरकारले स्वास्थ्य संकट लगाउने तयारी गरिरहेको विभागीय मन्त्रीले संकेत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा त्यस्तो संकेत गरेका हुन् ।
कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु, नियन्त्रणका लागि दातृ निकाय तथा देशबाट प्राप्त सहयोग लगायतका विवरण सार्वजनिक गरेका उनले विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका बताए ।
उहाँहरुले संकटकाल लगाउन दिएको सुझावलाई सरकारले सकारात्मक रुपमा लिएको छ। संकटकाल लाग्नसक्नेतर्फ संकेत गर्दै उनले थपे । सो क्रममा उनले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेका खर्चहरुको विषयमा बेला बेला श्वेतपत्र जारी गर्दै सर्वसाधारणलाई जानकारी गराउने प्रतिबद्धता समेत जनाए ।
सरकारले हालै ल्याएको कोभिड अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य संकटकाल घोषणा गरिएको खण्डमा देशभरका स्वास्थ्य संस्थाहरु सरकारको नियन्त्रणमा जानेछ र सरकारले ती संस्थाहरुलाई आफ्नो अनुकूल परिचालन वा संचालन गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया