छहरेमा संसद विघटनको विरोधमा मसाल जुलुस निकालियो
नुवाकोट । संसद विघटनको विरोध गर्दै नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ छहरेमा वाइसीयलले मसाल जुलुस निकालेको छ ।
नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला कमिटि सदस्य जनक थपलिया, लिखु गाउँपालिका वडा नम्बर ६ का वडाकमिटि अध्यक्ष महेन्द्र डङ्गोल तथा वाइसीयल लिखु गाउँपालिकाका इन्चार्ज सुमन भन्डारी नेतृत्वमा मसाल जुलुस निकालिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै वाइसीयलले विरोध प्रदर्शन गरेका हो ।प्रदर्शनका अवसरमा नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला कमिटि सदस्य जनक थपलियाले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताएका छन् । उनले असंवैधानिक कदम विरुद्ध आफुहरुले मौन धारण नगर्ने बताए ।
यस्तै लिखु गाउँपालिका वडा नम्बर ६ का वडा कमिटि अध्यक्ष महेन्द्र डङ्गोलले कोरोना संक्रमणको महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवन झन् संकटतिर धकेलेको आरोप लगाएका छन ।
त्यस्तै वाइसीयल लिखु गाउँपालिकाका इन्चार्ज सुमन भन्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति संसद विघटन गरेर निरंकुश कदम चालेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया