संसद विघटनविरुद्ध भोलि सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय
विदुर खबर
२०७८ जेठ ९ गते १६:३४
नुवाकोट। विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि विपक्षी दलले अदालत जाने निर्णय गरेको हो । आइतबार सांसदको हस्ताक्षर संकलन गर्न समय लाग्ने भएपछि सोमबार विहानै १० देखि ११ बजेभित्र अदालत जाने निर्णय भएको स्रोतले जनाएको छ ।
विघटनविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल समूहका सांसदले हस्ताक्षर गरेका छन् ।गठबन्धनको निर्णय अनुसार हस्ताक्षर संकलन गरिएका १४९ जना सांसदले व्यक्तिगत रुपमा रिट दायर गर्ने छन् ।
त्यस्तै, १४९ जना सांसदमध्ये २० जना एमालेकै नेपाल समूहका सांसद रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया