गगनको गर्जन : राष्ट्रपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ
 
		
	नुवाकोट । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् ।
शुक्रबार साँझ ट्वीट गर्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् । ‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !! नभए भीरबाट खस्नेलाई राम राम (२/२)’ थापाको ट्वीटमा लेखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति भण्डारीले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै बिहीबार पनि राष्ट्रपतिलाई महाअभियोग र ओलीलाई नयाँ सरकार बनाएर हटाउनु पर्ने ट्वीट गरेका थिए ।
यस्तै सांसद थापाले प्रधानमन्त्री ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगतमात्र होइन, अवैधानिक र अनैतिक भएको टिप्पणी गरेका छन् ।
‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै’ म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले’ विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आह्वान गर्ने । अब फेरि जालझेल ! (१/२) । यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगतमात्र होइन, अवैधानिक र अनैतिक छ,’ थापाको ट्वीटमा लेखिएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न शुक्रबार ५ बजेसम्म दिएको समयावधिमा ओलीले १५३ सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका छन् । उनले सिंगो एमाले र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिकहाँ पेस गरेका हुन् । विपक्षी गठबन्धनबाट १४९ सांसदसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गरिएको छ । देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुमा कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र-बाबुराम) समूहका सांसदहरुले हस्ताक्षर गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया