नागढुंगा-नौबिसे सुरुङमार्ग: निषेधाज्ञामा पनि धमाधम काम हुँदै
नुवाकोट । नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माणको क्रममा ५४३ मिटर खनिएको छ ।
जसमा मूख्य सुरुङ १४० मिटर, इभाक्युएसन टनेल (सुरुङ) २८४ मिटर र वर्किङ अडिट सुरुङ ११९ मिटर खनिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ । यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो ।
निषेधाज्ञाका कारण मुलुकभरका अधिकाश विकास आयोजना प्रभावित बन्द भए पनि नागढुंगा-नोविसे सुरुङमार्ग निर्माण प्रक्रियाले भने निरन्तरता पाइरहेको छ । निर्माण सामाग्रीको प्रयाप्त आपूर्ती भएकाले निर्माण कार्यलाई निरन्तरता दिन सकिएको शाक्यले बताए ।
स्थानीय प्रशासनसँगको सहकार्यमा निर्माण समाग्री बोक्ने सिमित गाडीलाई पासको व्यवस्था गरिएको छ । कोभिड प्रोटोकलअनुसार राती निर्माण सामाग्री बोक्ने गाडीका लागि पास आवश्यक पर्दैन ।
३३ जनामा कोराना पोजेटिभ
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरुङमार्ग निर्माणको काम भइरहेको शाक्यको दाबी छ । कोभिड संक्रमण फैलन सक्ने भएकाले सडक विभागका कर्मचारी र भिजिटर (निरिक्षण) गर्न आउनेलाई पनि रोक लगाइएको छ । निर्माण कार्यको नियमित अनुगम गर्नेलाई निर्माणस्थलकै क्याममा राखिएको छ ।
सावधानी अपनाउनुका बाबजुत ३३ जना कामदारमा कोभिड-१९ पोजेटिभ देखिएको उनले बताए । यसले गर्दा निर्माण कार्यमा केही प्रभाव परेको छ । संक्रमितमध्ये ३२ जनाको साईटकै आइसोलेसन सेन्टर र १ जनाको निर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
कर्मचारी र कामदार गरेर साइटमा ७०० जना कार्यरत थिए । सँगै काम गर्ने साथी र परिवारका सदस्यमा कोरोना देखिएको भन्दै केही कामदार घर फर्किएका छन् । कामदारको अभावमा क्षमताअनुसार काम गर्न सकिएको छैन ।
कामदारको अभाव तथा निर्माण स्थलमै कोभिड संक्रमित देखिएसँगै कामको दायरा घटाइएको छ । कोभिड–१९ को प्रकोप शुरु हुनु अघि दुई सिफ्टमा काम हुने गरेको थियो । अहिले मूख्य टनेलमा मात्रै दुई सिफ्टमा काम गरिएको छ ।
‘आयोजनाको जटिल काम भनेको मूख्य सुरुङमार्ग निर्माणको काम हो । सुरुङको काम रोक्नु भएन,’ शाक्यले भने, ‘यो रोकियो भने निधारित समयमा काम सक्न हम्मे पर्छ ।’
सहायक सडक र कल्र्भट लगायतको काम केहि समय पछि गर्दा पनि हुने उनले बताए । अहिले धादिङतर्फ मात्र पहुँच मार्गको काम भइरहेको छ ।
र धादिङतर्फको सहायक सडकको काम भइरहेको छ । आयोजनाले अहिले कोभिड पोजेटिभ र कमदार घर फर्किएकाले काठमाडौंतर्फको पहुँच सडकको काम हुन सकेको छैन ।
२०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको थियो । सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको थियो ।
जापानी कम्पनीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो । सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि-सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ ८ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।
सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको छ ।
यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र मुआब्जाको लागि नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया