देउवाभन्दा अगाडि बहुमतको हस्ताक्षर बोकेर ओली शितलनिवास
विदुर खबर
२०७८ जेठ ७ गते १६:११
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओली बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गर्दै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४० प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका छन् ।
ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका १९ सांसदको साथ रहेको दाबी प्रस्तुत गरेका छन् । देउवाले बहुमतको दाबीसहित हस्ताक्षर लिएर शितलनिवास पुग्नु अगावै ओली पुगिसकेको बुझिएको छ ।
ओली र देउवा दुवैले बहुमतको दाबी गरेपछि सत्ता संघर्ष रोचक बनेको छ । यसअघि जसपाका १७ र माधव नेपालका २२ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।-
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया