नुवाकोटमा जेठ १८ गतेसम्म निषेधाज्ञा
नुवाकोट । नुवाकोट जिल्लामा जारी निषेधाज्ञाको अवधि लम्बाइएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञाको समय आगामी जेठ १८ गते राती १२ बजेसम्मका लागि लम्बाइएको हो ।
जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालको अध्यक्षतामा बसेको बैठकले दोस्रो पटक तोकिएको निषेधाज्ञाको समय सकिनै लाग्दा अवधि लम्बाइएको हो ।
यसअघि नुवाकोट जिल्लाभर वैशाख २१ गतेदेखि बैशाख २७ गते सम्मको लागि पहिलो पटक र बैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म दोस्रो चरणको लागि निषेधाज्ञा जारी गरिएको थियो ।
यस पटक पनि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ६ देखि ९ बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, दुध, फलफुल, तरकारीका पसल खुला हुने छ ।
मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन। सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । भिडभाड विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी दुलालले बताए ।
जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या आइतवार बेलुकासम्म दुई हजार ६६ जना पुगेको छ । अहिले जिल्लामा सक्रिय कोरोना संक्रमित ६ सय ९३ पुगेको छ ।
संक्रमित मध्ये ६ सय ३४ जना होम आइसोलेसनमा, ५३ जना अस्पतालमा र ६ जना आइसोलेसन सेन्टरमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया