विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई दुई थान भेन्टीलेटर उपलब्ध गरायो
विदुर खबर
२०७८ जेठ १ गते १२:३५
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताललाई विदुर नगरपालिकाले दुई थान भेन्टिलेटर उपलब्ध गराएको छ ।
शनिवार नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल अस्पताल पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई भेन्टीलेटर हस्तान्तरण गरेका हुन् ।
अस्पताललाई दिइएको भेन्टिलेटर ५५ लाख ९३ हजार ५ सय रुपैया बराबरको रहेको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए । उनले अनुदानको रुपमा अस्पताललाई भेन्टीलेटर उपलब्ध गराएको समेत जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जित लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया