नेपालमा सक्रिय कोरोना संक्रमित १ लाख बढी
विदुर खबर
२०७८ वैशाख २९ गते २१:१३
नुवाकोट । नेपालमा पहिलोपटक कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख माथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन् । यो अवधिमा ४ हजार ४४४ संक्रमित निको भएर घर फर्किएका छन् । यसरी बुधबारसम्म देशभर रहेका सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमित १ लाख पुगेका थिएनन् । दैनिकजसो संक्रमणका नयाँ नयाँ ग्राफ बनाउँदै आएको कोरोनाले सक्रिय संक्रमितमा पनि अहिलेसम्मकै नयाँ रेकर्डसहितको ग्राफ बनाएको हो ।
गत २४ घण्टामा देशभर कोभिडका कारण १६८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा ३ हजार ९२४ संक्रमित फेला परेका छन । यीमध्ये भक्तपुरमा २२६, ललितपुरमा ४४८ र काठमाण्डौ जिल्लामा ३ हजार २५० नयाँ संक्रमित थपिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया