नेपालमा एकैदिन ९ हजार ७० जनामा संक्रमण पुष्टि
नुवाकोट । देशभर बिहीबार ९ हजार ७० संक्रमित थपिएका छन्।
एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। यस दिन कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। याेसँगै मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको छ।
त्यस्तै २ हजार ७०७ जना निकाे भएका छन्। याेसँगै निको हुनेको दर ७९ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निकाे भएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया