रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुग्यो
विदुर खबर
२०७८ वैशाख २२ गते ८:२२

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
सोमबार २ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १६, कालिकामा २२, उत्तरगयामा ८, नौकुण्डमा २ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये ७ जना संस्थागत र ४५ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म २ सय ३३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८४ जना निको भएका छन् । जिल्लामा हालसम्म १ हजार ९ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय २९ नेगेटिभ र २ सय ३३ पोजेटिभ आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया