नेपालमा एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि
विदुर खबर
२०७८ वैशाख १९ गते २०:४६
नुवाकोट । नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।
आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट आइतबार ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
२४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण २५ लाख ४४ हजार ७६ पुगेको छ । आइसोलेसनमा ४८ हजार ७ सय ११ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया