नेपाललाई त्रिदेशीय टी-२० क्रिकेटकाे उपाधि
नुवाकोट । नेपालले त्रिदेशीय टी-२० क्रिकेट सिरिज हात पारेकाे छ। शनिबार भएकाे फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेकाे हाे।
नेपालले दिएकाे २३९ रनकाे बिशाल लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्सले १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटियाे। नेदरल्याण्ड्सका लागि सेबस्टियान ब्राटले २२ रन बनाए।
यस्तै, म्याक्स ओडिवडले २० रन बनाए। उनले १९ बलमा २ चाैका र १ छक्का प्रहार गरे। कप्तान पिटार सिलार १२ बबलमा २ चाैकासहित १३ रनमा आउट भए भने अन्यले दाेहाेराे अंक छुन सकेनन्।
नेपालका लागि करण केसीले ३ विकेट लिए। यस्तै कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २ सय ३८ रन जोड्यो।
नेपालका लागि दुई व्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेका थिए। कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन जोड्दा कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित रहे।
त्यस्तै, दिपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर अविजित रहे।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया