नुवाकोटमा फेरि भेटिन थाले कोरोना संक्रमित, एकैदिन ८ जनामा पुष्टि
नुवाकोट । कोरोना भाइरस कोभिड १९ का नयाँ संक्रमित नुवाकोटमा पनि भेटिन थालेका छन् ।
काठमाण्डौ उपत्यका लगायका विभिन्न स्थानमा कोरोनाको संक्रमण पुनः देखा पर्दै गएसँगै त्यसको असर उपत्यकासँग सीमा जोडिएको नुवाकोटमा पनि परेको हुनसक्ने आशंका गरिएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका केही व्यक्तिमा कोरोना परीक्षण गर्दा नयाँ संक्रमित देखिन थालेको बताए ।
उनले हाल देखिएको संक्रमण कोरोनाको दोस्रो चरणको हुनसक्ने समेत बताए । उनले काठमाण्डौ उपत्यका लगायत तराईबाट सहजै रुपमा संक्रमण भित्रन सक्ने बताए । घिमिरेले सतर्कता नअपनाए अवस्था जटिल हुन सक्ने बताए।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तम घिमिरेका अनुसार संक्रमित हुनेमा विदु्र नगरपालिका र किस्पाङ गाउँपालिकाका समान ४÷४ जना रहेका छन् । संक्रमितमध्ये सबै पुरुष रहेका छन् ।
संक्रमितहरु सबै होम आइसोलेसनमा रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार एकसय ५५ पुगेको छ । यस्तै जिल्लाका कोरोनालाई जितेर घर फर्कनेको संख्या एक हजार एक सय ४४ पुगेको छ ।
हालसम्म नुवाकोटमा ९ हजार ६ सय ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गइसकेको छ ।
नुवाकोटमा कोरोना संक्रमण कम हुँदै गएपछि त्रिशुली अस्पतालमा सञ्चालनमा रहेको पीसीआर नमूना परीक्षण निकै कम मात्रामा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया