सिनेमा हल बन्द गर्न सीसीएमसीलाई सिफारिस
नुवाकोट । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ ।
दैनिक ६० हजारभन्दा बढी संक्रमित हुन थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । सरकारले केही दिन अगाडि भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयले सिनेमा हल, शिक्षण संस्था, पार्टी प्यालेस लगायतका क्षेत्र पनि बन्द गर्न सिफारिस गरेको छ ।
यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रवार बस्ने बैठकले निर्णय गर्न सक्नेछ । मानिसहरुको भीडभाड हुने ठाउँ भएकाले सिनेमा हल बन्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसलाई सीसीएमसीले कार्यान्वयन गर्ने प्रवल सम्भावना छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष लकडाउन गर्नुभन्दा अगावै सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । यसपछि ९ महिना बन्द भएका सिनेमा हल पुष १० गतेबाट खुले ।
तर, महिनौंदेखि सिनेमा हलहरु दर्शकविहीन भएर बसेका छन् । फेरि विना विकल्प सरकारले सिनेमा हल बन्द गर्ने तयारी गरेपछि फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया