पन्चकन्या वडा नम्बर २ मा ५३ लाख २१ हजार बराबरको रकम वडाबाटै चोरी
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका कबिलाश स्थित वडा नं २ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बापतको ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ चोरी भएको छ ।
रकम वडा नं २ को वडा कार्यालयको सेफबक्सबाट चोरी भएको जानकारी आएको छ । रकम चोरी भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित गाउँपालिका तथा वडाले स्पष्टीकरण दिएको छैन ।
सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीमा गैसक्दा पनि पन्चकन्या गाउँपालिकाले भने सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीमा नलैजाँदा आर्थिक अनियमिता भइसकेको प्रष्ट देखिन्छ ।
रकम चोरी भए सँगै वृद्ध भत्ता, असहाय,एकल महिला र दलितहरुले सामाजिक सुरक्षा भत्ता समयमा नै पाउन सक्ने अवस्था नरहेको देखिन्छ।
सामाजिक सुरक्षा भत्ता वितरणको वैकल्पिक आर्थिक व्यवस्थापनको विषयमा केहि नसोचेको वडाले बताएको छ । यसले नागरिकहरुमा झन समस्या बढ्ने देखिन्छ ।
गत २४ गते वडा नं २ का वडा सचिव सरिता रावत र वडाका सहायक कर्मचारी रामकुमार गिरिले बट्टार स्थित हिमालय बैँकबाट सामाजिक सुरक्षा भत्ता वितरणको लागि ५३ लाख २१ हजार ८ सय रुपैयाँ झिकेर लगेको र करिब ४:३० बजे तिर वडा कार्यालयको सेफबक्समा राखेर कार्यलय बन्द गरेको वडाध्यक्ष ध्रुव प्रसाद मिश्रले जानकारी दिए ।
वडा कार्यालयको ३ वटा ढोकाको ताल्चा फोरेको र ताल्चा पनि हराएको मिश्रले बताए ।
“यो घटना वडाका सचिव लगायतका कर्मचारीहरुको कम्जोरी र लापरवाहीले भएको हो ।”-उनले भने ।
योजनाबद्ध चोरीमा जनप्रतिनिधिको हात:स्थानीयको आरोप!
वडा कार्यालयबाट रकम हराउनु योजनाबद्ध चोरी भएको स्थानियले दावी गरेका छन् । साथै स्थानीयले जनप्रतिनिधिलाई आरोप समेत लगाएका छन् ।
वडा सचिव सरिता रावत र वडाका सहायक कर्मचारी रामकुमार गिरि सहित ४ जनालाई प्रहरीले हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।
अहिले वडाको सिसि क्यामेराको भिडियो हेरेर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपि कुल बहादुर कार्कीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया