माओवादी केन्द्रको स्थायी कमिटी बैंठक बस्दै
नुवाकोट । नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक आज बस्दै छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न लागिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जनाकारी दिइन्। आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा अविश्वासको प्रस्ताव दर्ता गर्ने लगायतका विषयमा छलफलका एजेण्डा रहेको भुसालको भनाइ छ।
गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए। बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताएका थिए।
माओवादी केन्द्रले सरकारको विरोध गर्ने गरेको तर समर्थन फिर्ता नलिएर दोहोरो चरित्र देखाएको आरोप लगाउँदै आएका छन् । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारको माओवादीले विरोध गर्दै आए पनि समर्थन भने फिर्ता लिएको छैन्। माओवादीले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने र विश्वासको मत लिनुपर्ने अवस्था आउछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया