कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।”
एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिनुभयो ।
नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया