‘फेरि संसद् विघटन गरौँ’ : प्रधानमन्त्री ओली
नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरका छन् ।
मंगलबार शितल निवासमा भएको बैठकमा ओलीले तत्काल चुनावमा जाने पनि प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संसद पुनर्स्थापना भएर के गर्नु अहिले संसद्को केही काम छैन ।’ यस्तै राष्ट्पति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए । एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी भएनन्।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ सहभागी थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला उपस्थित भएका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया