नुवाकोटमा म्याद गुज्रेको सामान भित्राउँदै पोके व्यापारी
नुवाकोट । नुवाकोटमा म्याद गुर्जेको सामान लिएर बेच्न हिँडेका पोके व्यापारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
मंगलवार नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी र विभिन्न स्थानिय व्यवसायिको टोलीले जिल्लाको विभिन्न स्थानमा सामान बेच्न आएका पोके व्यापारीको सामान अधिकांश रुपमा म्याद गुज्रेको अवस्थामा भेटेका छन् । पोके व्यापारीबाट करिव ३ गाडी सामान म्याद गुज्रेको अवस्थामा फेला पारिएको हो
पोक व्यापारीलाई चेकजाँच गर्दा स्निकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुको म्याद सकिएको अवस्थामा भेटिएको नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्यले जानकारी दिए ।

उनले पोके व्यापारीले ल्याएका सामानहरु गुणस्तर नहुनका साथै म्याद गुज्रेको अवस्थामा भेटिने गरेको गुनासो आएपछि चेकजाँचको क्रममा करिव एकदर्जन सामानहरु म्याद सकिएको अवस्थामा भेटिएको हो । पोके व्यापारीले विना दर्ता प्रमाण सामान बेच्ने गर्दा वास्तविक व्यवसायि मर्कामा पर्ने गरेको अमात्यले जानकारी दिए ।
उनले पहिलो पटक म्याद गुज्रेको सामान भेटिएका व्यापारीहरुलाई सम्झाएर फर्काएको बताए । आगामी दिनमा त्यस्ता सामान भेटिएमा प्रहरी प्रशासनको जिम्मा लगाउने सर्तमा उनीहरुलाई काठमाण्डौ फर्काइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया