नुवाकोटमा निर्वाचनको विषयमा सरोकारवालाहरुवीच छलफल
नुवाकोट । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले विहिबार जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको छ ।
विदुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायहरुलाई जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकृत राकेश गुरुङले प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ सम्बन्धी आयोगका गतिविधि तथा निर्वाचन आचारसंहिताका विभिन्न पक्षहरुबारे जानकारी गराएका थिए । जिल्ला निर्वाचन अधिकृत गुरुङले वार्षिक योजना र बजेट विपरितका कामहरु निर्वाचनको समयमा गर्न नहुने बताए ।
यस्तै कायृक्रममा बोल्दै नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछानेले पछिल्लो समय विद्युतीय माध्यमहरु मार्फत निर्वाचनको प्रसारप्रसार गर्न शुरु गरिएकोले त्यसलाई आचारसंहिताको पालना गर्दे प्रभावकारी बनाउन सके निर्वाचन कम खर्चिलो हुने बताएका थिए ।
कार्यक्रममा नुवाकोटका सरोकारवालाहरुले निर्वाचनको क्रममा सवारीसाधन कम प्रयोग गर्न आयोगले आचारसंहिता बनाएपनि त्यो व्यवहारिक नहुने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया