फागुन अन्तिमदेखि बन्चरेडाँडामा फोहाेर विसर्जन गर्न सकिने
नुवाकोट ।बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटमा यही फागुन अन्तिम सातादेखि फोहाेर व्यवस्थापन गर्न सकिने भएको छ ।
सहरी विकास मन्त्रालयल र सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहाेर विसर्जन गर्न सकिने जानकारी दिएको हो ।
पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिमदेखि काठमाडौं उपत्यकाको फोहाेर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकिने जनाएको छ । अनुमगनका क्रममा सहरी विकासमन्त्री प्रभु साहले पहिलो चरणको काम तेस्रो सातासम्ममा सक्ने र अन्तिम साताबाट फोहाेर विसर्जन गर्न सक्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब बहानाबाजी गर्ने छुट कसैलाई नभएको मन्त्री साह बताए । उनले काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।
‘५० वर्षसम्म उपत्यकावासीलाई ढुक्क’
दीर्घकालीन योजनासहित सरकारले स्यानिटरी ल्यान्डफिल साइट निर्माण गरिरहेको भन्दै सोही मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले निर्माण सम्पन्नपश्चात् उपत्यकावासीलाई कम्तीमा ५० वर्षका लागि ढुक्क हुने बताए ।
मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्यान्डफिल साइट निर्माणमा कुनै अवरोध नरहेको पनि प्रस्ट्याए । स्थानीयको केही गुनासो भए सम्बोधन गरिने उनले प्रतिबद्धता जनाए । अहिलेसम्ममा पहिलो चरणको काम ९० प्रतिशत सकिएको छ भने बाँकी कामका लागि पनि कानुनी प्रक्रिया पूरा गरी काम अघि बढाउन गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
हाल निर्माण भइरहेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप जिम्मेवारी पाएको हो । यस स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहाेर विसर्जनस्थल निर्माणको हुनेछ ।
बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न २२ वैशाख ०७६ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार आठ सय ९५ मा सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माण सडक विभागलाई दिएअनुरूप काम सम्पन्न भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीन रूपमा फोहाेर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहाेरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ ।
१३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहाेर विसर्जन गरिँदै आएको छ । अव्यवस्थित रूपमा लामो समयदेखि एकै स्थानमा फोहाेर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थित रूपमा फोहाेर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन् ।
उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहाेर निस्कन्छ । जसमा सबैभन्दा बढी कामपाबाट करिब ६ सय मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई गाडी फोहाेर लगिने गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया