गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ
नुवाकोट । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिएका छन् ।
विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाउनेसमेत बताए । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार विहान पक्राउ गरेको थियो ।
राष्ट्रपतिका विषयमा बोलेकै भरमा रामकुमारी झाँक्रीलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको भन्दै उनले आफूले पनि राष्ट्रपतिका विषयमा बोलेको बताए । नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा थापाले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ (विद्या भण्डारी) ले संस्थाको गरिमा राख्न सक्नुभएन । संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’
‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ’ उनले अघि भने, ‘महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’ उनले २०६२/२०६३ को जनआन्दोलनका क्रममा आफू लगायतका विद्यार्थी नेताहरुमाथि राज्यद्रोहको मुद्दा लागेको क्षण सम्झिाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया